काठमाडौं । ब्राजिली राष्ट्रपति जैर बोलसोनारोले आफु कोरोना संक्रमणमुक्त रहेको जानकारी दिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
जुलाई ७ मा बोल्सेनारोले आफुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए र शनिबार उनले दिएको जानकारीअनुसार नतिजा नेगेटिभ आएको छ । यस अवधिमा उनी आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा थिए ।
६५ वर्षीय बोल्सेनारोले आफुले हाइड्रोक्लोरोक्विन औषधि लिइरहेको पनि जनाएका थिए । कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै ब्राजिलमा उनको आलोचना हुने गरेको छ ।
सुरुवातमा, उनले कोरोना भाइरस सामान्य रुघाखोकीजस्तै रोग भएकाले यसले खासै असर नगर्ने अभिव्यक्ती दिएका थिए त्यस्तै, उनी मास्क लगाउने विषयमा समेत सजग थिएनन् । कोरोना महामारीकै दौरान बोल्सेनारोसँगको विवादका कारण देशका दुुई स्वास्थमन्त्रीले राजिनामा दिइसकेका छन् । जनस्वास्थलाई लिएर लापरवाही गरेको आरोप बोल्सेनारोलाई लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ साउन २०७७, २१ : २०
लेखकबाट थप