रञ्जन कोइरालाको सजाय पुनरावलोकनको लागि ३ न्यायधिसको बेन्च तोकियो, न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाई हुने

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०७७, १० : ०९
रञ्जन कोइरालाको सजाय पुनरावलोकनको लागि ३ न्यायधिसको बेन्च तोकियो,  न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाई हुने

काठमाडौँ । सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथिको सुनुवाई सर्वोच्चका न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा हुने भएको छ । 

पुनरावलोकन निवेदन माथिको सुनुवाईको लागि यि ३ जना न्यायधिसको बेन्च तोकिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले श्रीमतीको हत्यामा दोषी ठहर भएर सजाय काटेर कारागारबाट रिहा भएका रञ्जन कोइरालाले पाएको सर्वस्वसहितको जन्मकैदको फैसलालाई घटाएर ८ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

सजाय कम गर्ने सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता गरेको थियो । त्यसको पेसी आइतबारका लागि तोकिएको हो ।
 

प्रतिक्रिया दिनुहोस