काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र महाधिवेशनको चर्चा चलेसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) मान्य नहुने संकेत गरेका छन्।
आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेताहरूबीच सहमति खोज्ने क्रममा साउन ३ गते बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने र नेतृत्व टुंगो लगाउने प्रस्ताव गरेसँगै जबजको बहस सुरु भएको छ।
स्थायी कमिटी बैठक जारी रहेकै बेला शीर्ष नेताहरूबीच आन्तरिक विवाद बढेपछि सो बैठक स्थगित गरी सचिवालय बैठक डाकिएको थियो। सचिवालय बैठकमा ओलीले राखेको महाधिवेशनसम्बन्धी प्रस्तावलाई दाहालले स्वीकार गरेका थिए।
सचिवालय बैठक सकेर दाहाललाई लिएर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। राष्ट्रपति कार्यालयमा ओलीले ‘महाधिवेशन गरौं, तपाइँले जबजको नेतृत्व गर्नुस्’ भनेपछि जवाफमा दाहालले सर्वसम्मतिबाट आफू एकल अध्यक्ष हुन खोजेको र त्यसका लागि ओलीले ग्यारेन्टी गर्नुपर्ने बताएका थिए।
ओलीले त्यसको ग्यारेन्टी नदिएपछि राष्ट्रपति कार्यालयबाट फर्केका दाहालले कुरा नमिलेको सन्देश आफ्नो सचिवालयबाट सम्प्रेषण गराएका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ साउन २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड