नेकपाभित्र प्रधानमन्त्रीको राजीनामा केटाकेटीको खेलजस्तै भयो : प्रदीप गिरी

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, १७ : ०३
नेकपाभित्र प्रधानमन्त्रीको राजीनामा केटाकेटीको खेलजस्तै भयो : प्रदीप गिरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् ।

प्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै राष्ट्रपतिले पनि निर्णय लिनुले संसदीय व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको बाए । 

वर्तमानमा बिपी विचारको सान्दर्भिकता  विषयक कार्यक्रममा नेता गिरील नेपाली काँग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही बोल्न नसकेर निरीह व्यहार देखाएको बताए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले संसदमा प्रधानमन्त्रीको राजीनामा नमागेर बाहिर केटाकेटी खेल सुरु गरेको गिरीले बताए ।

नेकपाले संसदमा  प्रधानमन्त्रीको राजीनामा माग्न नसकेर टुलिखेलमा दुई सय जम्मा गरेर केही हुँदैन । नेकपाले यसरी प्रधानमन्त्रीको राजीनामा मागेको केटाकेटी खेलजस्तो भयो ।

निजीकरणको नाममा समाजवादी नीति भुलेका नेपाली काँग्रेसलाई बिपीवादी भन्न पनि लाज हुने भइसकेको उनले बताए ।

नेपाली काँग्रेस गणतन्त्र धर्मनिरपेक्षता र संघीयतामा विधिपूर्वक नगएको र आम नागरिक तथा नेपाली काँग्रेसमा राजसंस्था हिन्दू राष्ट्र र संघीयता विरोधको सङ्ख्या केन्द्रीय समितिदेखि तलसम्म बढी रहेको बताए । तर नेता गिरीले आफू गणतन्त्रवादी भएको बताए । 

उनले भने, नेपाली काँग्रेसले बिपीको सिद्धान्त भुलेको सत्य हो । तर अहिले संविधान संकटमा छ । तपाईंहरु र धेरै जनताले नस्विकारेको संविधान मात्र जाँदैन देश नै गम्भीर मोडमा उभिएको छ । यसमा सम्पूर्ण प्रजातन्त्रवादीहरुले सोच्नुपर्छ ।

नेपाली काँग्रेस (बिपी) पार्टीसँग सम्मान जनक रूपमा एकताका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने गिरीले बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस बिपी पार्टीका सभापति हरिबोल भट्टराईले संविधानको मर्म विपरीत संसदको अधिवेशन अन्त्य गर्दा पनि नेपाली काँग्रेस निरीह भएको बताए ।

 सरकार यसैगरी तनाशाह प्रवृत्तितिर जादै गर्दा नेपाली काँग्रेस कहाँ छ भनेर प्रश्न उठेको उनले बताए ।

बिपीको विचार छोडेर संघीयता गणतन्त्र र धर्म निरपेक्षतामा गएकोले नेपाली काँग्रेसले  बिपी स्मृति र जयन्ती मनाउने अधिकार नभएको उनको भनाइ छ । नेपाली काँग्रेस बिपीको सिद्धान्तमा नआएसम्म पार्टी एकीकरण हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस