हाम्रो विवाह भइसकेको छ भन्दै रञ्जन कोइरालालाई लिन पुगिन् प्रेमिका, गएनन् छोराहरु

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, १२ : ४२
हाम्रो विवाह भइसकेको छ भन्दै रञ्जन कोइरालालाई लिन पुगिन् प्रेमिका, गएनन् छोराहरु

काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएपछि उनलाई लिन प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी छन् । 

कार चलाएर प्रेमी कोइरालालाई रिसिभ गर्न प्रेमिका रेग्मी डिल्लीबजार कारागार पुगेकी हुन् । डिल्लीबजारमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै ताराले ‘रञ्जन र मेरो विवाह भइसकेको’ प्रतिक्रिया दिएकी छिन् । 

पूर्वडीआईजी कोइराला श्रीमती गीता ढकालको हत्या अभियोगमा ०६८ माघ ८ गतेदेखि कारागारमा केदीबन्दी जीवन बिताउँदै आएका थिए । 

जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् । 

श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका पूर्वडीआइजी कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त भएका हुन् ।

यता रञ्जन कोइराला र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु लिन आएनन् । 

प्रतिक्रिया दिनुहोस