सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप आउने सम्भावना छैंन : डब्ल्युएचओ

एजेन्सी

विहीबार, ०८ साउन २०७७, १२ : ०६
सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप आउने सम्भावना छैंन : डब्ल्युएचओ

एजेन्सी । सन् २०२१ अघि  कोरोना भाइरसविरुद्धको खोप  नबन्ने  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे थप अध्ययन, अनुसन्धान गर्नुपर्ने भएकाले पनि २०२१ अघि खोप बन्न नसक्ने बताएका हुन्।

उनले खोप निर्माण नभइन्जेल भौतिक दूरी, सरसफाइ, मास्कको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैसंँग अपिल समेत गरेका छन् ।  कोरोनाविरुद्धको खोपलाई चीन, अमेरिका, बेलायत, भारतलगायतका देशहरुले अनुसन्धान गरिरहेका छन् । 

बेलायतले तयार पारेको खोप मानव परीक्षणमा पनि सफल भएपछि त्यसलाई बृहत मात्रामा परीक्षण गरिदैछ । यस अघि अमेरिकाले कोरोना विरुद्धको खोप अबको केही समयमा नै आउने दाबी गरेपनि आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस