काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ ।
आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिएको हो ।
सबइञ्जिनीयर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ साउन २०७७, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस