काठमाडौं । राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर क्षति पु¥याएपछि सोमबारदेखि राजमार्ग अवरुद्ध भएको छ ।
खोलामा थुुप्रिएको माटो ढुुङ्गा सफा गरी बुुधबार बेलुुकासम्म सडक खुुल्न सक्नेछ । सो राजमार्गको चितवन–धादिङ खण्डमा पहिरो जाने क्रम जारी रहेको छ । पृथ्वी राजमार्गमा करिब दुई सय ठाउँमा पहिरो गएका छन् ।
लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ साउन २०७७, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा