लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ?

पत्रपत्रिकाबाट

बुधबार, ०७ साउन २०७७, ०७ : ०९
लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ?

फाइल तस्विर

काठमाडौँ  । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार लकडाउन अन्त्यको जानकारी दिएका हुन् । ‘हामीले अब लकडाउन छ भन्नुपरेन । लकडाउनले मनोवैज्ञानिक त्रास दिएको छ,’ उनले भने ।

मन्त्री खतिवडाले स्वास्थ्य सुरक्षा र संक्रमणको जोखिम भने कायमै रहेको बताए । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन, सामाजिक दूरी कायम राख्न, मास्क र सेनिटाइजर प्रयोग गर्न सबैमा आग्रह गरेका छन् । सरकारले लकडाउन लागू गर्दा मुलुकमा दुई जना मात्र कोभिड–१९ संक्रमित थिए ।

मंगलबार बेलुकीसम्म संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । यसबीचमा संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किसकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस