खमुलटारमा पूर्व माओवादी नेताहरुको जमघट, बादल र जनार्दन अनुपस्थित

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १० : ३५
खमुलटारमा पूर्व माओवादी नेताहरुको जमघट, बादल र जनार्दन अनुपस्थित

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र विवाद चर्किदै जाँदा पूर्व माओवादी नेताहरु प्रचण्ड निवास खुमलटारमा जम्मा भएका छन् ।

माओवादी धारका नेताहरुका बीचमा एकता नहुने तर पूर्व एमाले धार भित्रका ओली र वरिष्ठ नेता माधव नेपाल समहुका नेताहरुका बीचमा बलियो एकता देखिनुले आफुहरु पनि एकताबद्ध हुनुपर्छ भन्ने ध्येयका साथ खुमलटारमा पूर्व माओवादी धारका स्थायी समिति सदस्यहरुको अहिले छलफल भईरहेको छ । 

छलफलमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, स्थायी समिति सदस्य जनार्दन शर्मा भने सहभागी छैनन् । अर्का स्थायी समिति सदस्य लेखराज भट्ट ओली क्याम्पमै प्रवेश गरिसकेका कारण उनलाई भने छलफलमा निम्तो समेत गरिएको छैन् । 

भोलि बस्ने स्थायी समिति बैठकको पूर्व सन्ध्यामा नेताहरुको जमघट खुमलटारमा भएको हो । ओलीले दिनुहँ आफु पक्षिय नेताहरुको बालुवाटारमा भेला गर्दा पनि प्रचण्डले आफ्नै समुहका नेताहरुलाई यसरी खुमलटारमा बोलाएर छलफल गरेका थिएनन् । तर नेताहरुकै मागका आधारमा प्रचण्डले आज सोमबार बिहान नेताहरुसँग छलफल गरिरहेका हुन् । 

ओलीले ‘जबज’को विषय उठाउने र माधव नेपालले पनि खमुलटारमा जवजकै विषय उठाएपछि माओवादी धारका नेताहरु ससंकित भईरहेका छन् । यस्तो बेला आफनो टिमलाई एकताबद्ध बनाउने योजनाका साथ प्रचण्डले निकट नेताहरुसँग छलफल गरिरहेका हुन् । छलफलमा नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, वर्षमान पुन, हरिबोल गजुरेल, मात्रिका यादव, देव गुरुड, लगायतका नेताहरु सहभागी छन् । 
 

प्रतिक्रिया दिनुहोस