सुरक्षा सतर्कता अपनाएर मनकामना केबुलकार सञ्चालन गर्न कर्मचारीको माग

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १६ : ०२
सुरक्षा सतर्कता अपनाएर मनकामना केबुलकार सञ्चालन गर्न कर्मचारीको माग

चितवन । सुरक्षा सतर्कता अपनाएर मनकामना केबुलकार सञ्चालन गर्न माग गरिएको छ ।  मनकामना दर्शन प्रालिका कर्मचारी युनियनले आज सुरक्षा सतर्कता अपनाएर मनकामना केबुलकारको सेवा सञ्चालनको व्यवस्था गर्न माग गरेका हुन् । 

प्रालिका कर्मचारीहरु केबुलकार परिसरबाट यथासक्य छिटो केबुलकार सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका थिए । ‘लकडाउनको चार महिना बितिसक्दा पनि सरकारी लाचारीपनको कारणले मनकामना केबुलकार खुलाउन कुनै पहल देखिएन’ राजेन्द्र लामाले प्रश्न गर्दै भने, ‘आज देशमा कोरोनाको कहरबाट भन्दा आत्महत्या र भोकमरीबाट मर्नेको तथ्याङ्क बढिरहेको सर्वविदितै छ । के जनता भोकमरीको डर, बेरोजगारीको कहर र आत्महत्याको लहरले मर्नुपर्ने हो ?

कोभिड–१९ को महामारी अवस्थालाइ ध्यानमा राखेर सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरे पनि यात्रु एवम् भक्तजनहरूको स्वास्थ्यलाई ध्यानमा राखेर मनकामना केवुलकारले चैत ८ गतेदेखि नै लकडाउनको घोषणा गरेको थियो । 

सुरक्षाको उपायहरू अवलम्बन गरेर भए पनि सामान्य अवस्था तर्फ फर्कन सरकारले नै प्रयत्न गर्नुपर्ने अवस्थामा जनताबाटै यस बिषयमा कुरा उठ्नु सरकारी लाचारीपनको पराकाष्ठा भएको उनी बताउँछन् । मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेसबाबु श्रेष्ठले लकडाउनको ४ महिनाको अवधी केबुलकार सेवा बन्द हुँदा  ३० करोडभन्दा बढी नोक्शान भएको यसअघि नै बताइसकेका छन् ।

उनका अनसार तत्काल केबुलकार तत्काल नखोलिए अवस्था अझ गम्भीर हुने बताए । उनले कोभिट १९ बिरूद्द लड्दै सुरक्षा सजकता कायम गरेर केबुलकारले  संचालनको वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।

प्रालिले  कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भइसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब सञ्चालनको लागि सरकारले चासो दिनुपर्नेमा जोड दिएको छ । लामो समयदेखि बन्द रहँदा आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापूर्वक यस्ता क्षेत्र सञ्चालन हुनुपर्नेमा कम्पनीले जोड दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस