मौद्रिक नीतिले माग सम्बोधन भयो, अब सार्वजनिक सवारी चलाउँछौँ

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १५ : १५
मौद्रिक नीतिले माग सम्बोधन भयो, अब सार्वजनिक सवारी चलाउँछौँ

काठमाडौं । आफ्ना माग पूरा नभएसम्म सार्वजनिक सवारी नचलाउने भनेर अडान लिएका यातायात व्यवसायीहरु अन्ततः सवारी चलाउने निर्णयमा पुगेका छन् ।

यातायात व्यवसायीहरु आफ्ना धेरै मागहरु राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले सम्बो्धन गरेको भन्दै सवारी चलाउने निर्णयमा पुगेका हुन् । केही दिनभित्रै सार्वजनिक सवारी चलाउने निर्णयमा यातायात व्यवसायीहरु पुगेका हुन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले अब सार्वजनिक सवारी चलाउन तयारी थालेका हुन् ।

उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौद्रिक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक जुटेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार हाम्रा धेरै माग मौद्रिक नीतिमा आइसकेको छ, अब सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय छिटै गर्नेछौँ ।

सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेकाले अधिकांश यातायात कम्पनीले अझै सेवा सुरु गर्न सकेका छैनन् । केही यातायात कम्पनीले मात्रै बस चलाइरहेका छन् । साझासहित मयूर, महानगर, संयुक्त, सुन्दर लगायतका कम्पनीले काठमाडौंमा यात्रु सेवा दिइरहेका छन् । टेम्पोहरुले पनि सेवा दिइरहेका छन् ।

सम्पूर्ण सावधानी अपनाएर एक सिटमा एक जनामात्र यात्रु राखेर सार्वजनिक सवारी चलाउन पाइने सरकारको निर्देशन छ । सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ । तर,  यात्रु पनि पातलो भएकाले कम्पनीहरुले सबै बस निकाल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस