गाईघाट । एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष दण्ड सजाय पाएका फरार एक प्रतिवादीलाई शुक्रबार जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार छ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई रहेका छन् । जिप्रकाका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले छ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए ।
गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार नगरपालिकाबाट पक्राउ गरिएको हो । पक्राउ गरिएका फरार प्रतिवादी राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझार्ईएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ साउन २०७७, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा शिक्षक पक्राउ
करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ
छात्रालाई करणी गर्ने शिक्षकलाई १२ बर्ष जेल सजायँ
वनमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
लमजुङमा गत वर्षमा १४ वटा जवरजस्ती करणीका घटना दर्ता