काठमाडौं । आन्तरिक राजस्व विभागले एक वर्षको अवधिमा ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाएको छ । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस प्रभावका बाबजुद पनि करिब चार महिनाको लकडाउन असार लागेपछि केही खुकुलो भएसँगै विभागले गत आर्थिक वर्ष २०७६–७७ को असार मसान्तसम्ममा सो परिणामको राजस्व संकलन गरेको हो ।
आयकरतर्फ २ खर्ब १७ अर्ब २६ करोड, अन्तःशुल्कतर्फ ६४ अर्ब ७९ करोड र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ९८ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, शिक्षा, स्वास्थ्य सेवा शुल्क र अन्य करबापत ४ अर्ब ४ करोड रुपैयाँ गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको भएको विभागले जनाएको छ ।
विभागका अनुसार अघिल्लो आव २०७५(७६ मा संकलन भएको कुल ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँभन्दा करिब ७ प्रतिशतले बढी हो । यो रकम अघिल्लो आवको भन्दा २६ अर्ब १० करोड रुपैयाँले बढी भएको विभागले जनाएको छ । राजधानी दैनिकले खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ साउन २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व
यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो
बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन