काठमाडौं । बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको हो ।
मङ्गलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे ‘‘छोरीको शरीरमा पनि निलडाम भएको, बेलाबेलामा कराउँने र भागेर छिमेकीको शरणमा बुबाले पटकपटक बलात्कार गरेको खुल्न आएको छ ।’’
बलात्कार गर्ने छोरीकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘‘श्रीमतीको मृत्यु भइसकेपश्चात छोरीलाई मादकपदार्थ सेवन गरी पटकपटक जबरजस्ती गर्ने गरेको रहेछ, मङ्गलबार पनि जबरजस्ती गर्न खोजेका बेला छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकोले समातेर प्रहरीलाई बुझाएका हौं ।’’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
यस्तै जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ । बत्तीस वर्षीय छोराले ६१ वर्षीया आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । मङ्गलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जैसीले बताउनभुयो । आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ३१ असार २०७७, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आराेपमा एकजना पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ
किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा युवक पक्राउ
नसाको तालमा बालकले गरे बालिकालाई बलात्कार
छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा पक्राउ
नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ