अयोध्यापुरीको उत्खनन कार्यमा जुट्यो पुरातत्व विभाग

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, १३ : ५१
अयोध्यापुरीको उत्खनन कार्यमा जुट्यो पुरातत्व विभाग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म अयोध्यापुरीमा भएको र त्यो नेपालमै रहेको भनेपछि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा देशविदेशमा तरङ्ग छाएको छ । 

प्रधानमन्त्रीले नै यस्तो दावी गरेपछि नेपालको पर्सा जिल्लामा रहेको ‘अयोध्यापुरी’ मा पुरातत्व विभागले उत्खनन कार्य गर्न तयारी थालेको छ । अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ ।

‘निर्देशन आउनासाथ अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउने तयारीमा जुटेका छौँ’ एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले यसबारे चासो दिएपछि अनुसन्धान गर्नैपर्ने अवस्था सिर्जना भएको छ ।’

हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ । यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन ।

प्रतिक्रिया दिनुहोस