काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपटक विशेष अदालतमा प्रमुखको पनि संलग्नता देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । मालपोतका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए ।
सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई नियन्त्रणमा लिइएको थियो ।
प्रमुखले दिएको ग्रिन सिंग्नलकै कारण कर्मचारीले घुस लिएको निष्कर्षसहित अख्तियारले मालपोत प्रमुख अधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ असार २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो