काठमाडौँ । दोलखाको विगु गाउँपालिका–२ ओराङमा खोलाले बगाउँदा एक दाम्पती बेपत्ता भएका छन् । विगु गाउँपालिका–२ ओराङ टाइवा निवासी ६५ वर्षीय रामजी विक र उनकी ६० वर्षीया श्रीमती बुद्धिमाया विकलाई खोलाले बगाउँदा बेपता भएको आफन्त उद्धव विकले जानकारी दिनुभयो ।
सोमबार बिहान घरदेखि तल खेतमा गएका ती दम्पती बीचमा रहेको टाइवा खोलाले बगाएको हुनसक्ने आफन्तहरुले बताएका छन् । सोमबार बिहान ती दम्पती खेतमा गएको र हालसम्म बेपत्ता रहेको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ ।
घटनास्थल पुगेको असई कैलाशकुमार श्रेष्ठको टोलीले टाइवा खोलादेखि तातोपानी दोभानसम्म खोजी गरेको र फेला नपरेको तथा खोजी भइरहेको जनाएको छ । इप्रका सिङ्गटीका प्रहरी निरीक्षक सुनजीत तामाङले बेपत्ता भएको पुष्टि भए पनि खोलाले नै बगाएको प्रमाण नभेटिएको बताए । दाम्पतीको चार छोरीहरु रहेको र सबैको विवाह भइसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० असार २०७७, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार