तुलसीपुर । दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ ।
बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
रा २ प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्र्दा रुखको हाँगा भाँचिएर खस्दा टाउकामा चोट लाग्दा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० असार २०७७, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु