काठमाडौँ । झापामा अविरल वर्षाका कारण कनकाइलगायतका नदीमा आएको बाढीले एकको मृत्यु, एक बेपत्ता र ७४९ जना विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विरिङ नदीमा नुहाउन गएका झापा गाउँपालिकाका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ भने भद्रपुर–३ का ३३ वर्षीय हिरण राई मेची नदीमा नुहाउँदा बगेर बेपत्ता भएका छन् ।
पछिल्लो जानकारीअनुसार कनकाइ नदीमा आएको बाढीले झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाका ७४९ जना घर डुबानमा परेका कारण विस्थापित भएका छन् । कनकाइ नदीमा जलसतह बढेर आज सतर्कता नजिक पुगेको छ भने अरु नदीमा पनि बाढी आएको छ । झापा गापाको कुमरखोदमा कनकाइको बाढीले डुबानमा परेका ११४ घरका ५५० जनालाई नेपाल रेडक्रस, गाउँपालिका र प्रहरीको सहयोगमा उद्धार गरी शितुमारी प्रावि र जुडो प्राविमा सेल्टर बनाएर सुरक्षितरुपमा राखिएको छ ।
यसैगरी गौरीगञ्ज गाउँपालिकामा कनकाइको बाढी बढ्न गई झिलझिलेमा ४३ घरका १५० जना, शिवसताक्षीको शिवगञ्जका सात घरका २९ जना र झोडाबस्तीका दुई घरका १४ जनालाई उद्धार गरी स्थानीय सेल्टरमा सारिएको छ । मेचीनगर–७ को पालिया खोलाको बाढी घरभित्रै पसेपछि नौ घरका ४२ जनालाई प्यारीभिट्टास्थित बसपार्कको कोठामा सारिएको छ । बाढीको कहर शुरु भएपछि झापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना नेपाल रेडक्रस सोसाइटी र स्थानीय तह विपद् व्यवस्थापन र उद्धारमा आपसी समन्वय गर्दै जुटिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ असार २०७७, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न