हजुरबुबा भए डा बाबुराम भट्टराई

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, १३ : ०९
हजुरबुबा भए डा बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हजुरबुबा बनेका छन् । उनकी छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज पुत्रलाभ भएको छ । 

डा भट्टराईकी छोरी मानुषीले आज बिहान १० बजे काठमाडौँ टिचिङ अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । डा भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘बल्ल हजुरबा भइयो ।’ उनले आमा र शिशु दुबैको अवस्था राम्रो रहेको जनाएका छन् ।

सामाजिक सञ्जालमै डा भट्टराईले मानुषीको अपरेसनका लागि टिचिङका डा गीता गुरुङ र सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस