आपत्तिजनक अभिव्यक्ति दिने चिकित्सकमाथि सोधपुछ

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, १७ : १२
आपत्तिजनक अभिव्यक्ति दिने चिकित्सकमाथि सोधपुछ

चितवन । भरतपुर अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत एक चिकित्सकले म्यासेन्जर ग्रुपमा आपत्तिजनक अभिव्यक्ति दिएपछि उनलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिएको छ । भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिएको हो ।

डा. तिवारीले हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए ... खान्छौ नेपाली ?’ भनी अश्लिल शब्द प्रयोग गरेका छन् । आपत्तिजनक अभिव्यक्ति दिएका डा. तिवारीलाई कार्यालयमा बोलाएर सोधपुछ गरी अस्पतालका एक चिकित्सकको जिम्मामा छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाले जानकारी दिए ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले तिवारीको अभिव्यक्ति खेदजनक रहेको भन्दै दैनिक ज्यालादारीमा कार्यरत भएकोले उनलाई अब कामबाट हटाइने बताए । अस्पताल प्रमुख डा. श्रीराम तिवारीले पनि डा. तिवारीका शब्द आपत्तिजनक र स्तरहीन भएको बताए । उनीबारे थप छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस