बोलिभिया । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्थानीय समयानुसार बिहीबार उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।
“मलाई कोरोनाभाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस गरेको छु र आइसोलेसनमै बसेर मैले मेरो काम गर्नेछु, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् ।” बोलिभियाका स्वास्थ्य मन्त्री, केन्द्रिय बैंकका प्रमुख र राष्ट्रपति कार्यालयका प्रशासन प्रमुखलाई पनि कोरोनाभाइरसको संक्रमण भएको यसअघि नै पहिचान गरिएको थियो ।
यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो पनि कोरोनाभाइरसबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । विश्वभरी अहिलेसम्म एक करोड २१ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ती मध्ये पाँच लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको जोन्स होप्कीन्स विश्वविद्यालयले छ ।
बोलिभियामा भने कोरोनाभाइरसबाट सक्रमितको संख्या झण्डै ४३ हजार पुगेको छ भने मृत्यु भएकाहरुको संख्या एक हजार पाँच सय भन्दा बढी पुगेको छ । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ असार २०७७, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै