चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुई व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार गुरुङको परिवारको किटानी जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यस्तै भरतपुर –२५ शुक्रनगरमा आफ्नै बारीमा मृतावस्थामा भेटिएका २७ वर्षीय सञ्जय खनालको मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
खनालको हत्या गरेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिइए पनि एक जनालाई निगरानीमा राख्ने गरी छाडिएको थापाले बताए । खनाल यही असार १८ गते आफ्नै बारीमा मृतावस्थामा भेटिएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ असार २०७७, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका