चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुई व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार गुरुङको परिवारको किटानी जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यस्तै भरतपुर –२५ शुक्रनगरमा आफ्नै बारीमा मृतावस्थामा भेटिएका २७ वर्षीय सञ्जय खनालको मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
खनालको हत्या गरेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिइए पनि एक जनालाई निगरानीमा राख्ने गरी छाडिएको थापाले बताए । खनाल यही असार १८ गते आफ्नै बारीमा मृतावस्थामा भेटिएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ असार २०७७, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द