आँखाको शल्यक्रिया गर्दाको पट्टी नखोल्दै सभामुख सापकोटाद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, १६ : ४१
आँखाको शल्यक्रिया गर्दाको पट्टी नखोल्दै सभामुख सापकोटाद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

सिन्धुपाल्चोक । आँखाको शल्यक्रिया गर्दाको पट्टी नखोल्दै सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बूमा बाढी र पहिरोबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

बुधवारमात्रै आँखाको शल्यक्रिया गरेका सभामुख सापकोटाले आँखाको पट्टी खोलेका छैनन् । सभामुख सापकोटा पट्टी नखोल्दै प्रभावित क्षेत्रको निरीक्षणमा गरेका हुन् । प्रभावित क्षेत्र सभामुख सापकोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित निर्वाचन क्षेत्रभित्र पर्छ ।

बुधवार राति सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परी स्थानीय स्तरमा ठूलो जनधनको क्षति भएको छ । स्थानीय वासिन्दा, प्रहरी, नेपाली सेना लगायतको टोलीले बेपत्ताको खोजी र उद्धारको काम गरिरहेका छन् ।

घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता रहेको छन् ।

 

 

प्रतिक्रिया दिनुहोस