चितवन । नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउण्डेसनबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार एक समारोहबीच भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । रेडक्रसले मास्क, रबरका जुत्ता, ह्यान्ड स्यानिटाइजर र हात धुने साबुन हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस चितवन शाखा सभापति ज्ञानशाली न्यौपानेले अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी र मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । सहयोग सामग्री लिएपछि अस्पतालका अध्यक्ष डा. अधिकारीले सहयोगका लागि नेपाल रेडक्रसलाई धन्यवाद दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका निर्देशक दिव्यराज पौडेलले सात वटै प्रदेशका मुख्यमुख्य अस्पतालमा डेढ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री सहयोग गरिने र यस्तो सहयोग सामग्रीमा भेन्टिलेटर समेत रहेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०७७, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’