चितवन l केन्द्रिय अस्पताल बने संगै सेवा सुबिधा स्तरीय वन्दै गएको भरतपुर अस्पतालमा उपचारका लागि बागमती प्रदेशका प्रमुख बिष्णुप्रसाद प्रसाई आज हेटौडाबाट यहाँ आउनु भएको छ । राजधानी काठमाडौं जतिकै बिशेषज्ञ चिकित्सक रहेको र सुबिधा उपलव्ध भएको भन्दै प्रसाई यहाँको सरकारी अस्पताल आउनु भएको हो ।
उहाँले अस्पतालका बरिष्ठ हाड जोर्नी एबं नसा रोग बिशेषज्ञ प्रा.डा. कृष्ण पौडेल संग स्वास्थ्य परिक्षण गराउनु भएको छ । प्रसाईको ढाड सड्कीएको र कुममा समस्या भएको पौडेलले जानकारी दिनुभयो । एक साता पछि पुनः अस्पताल आउनुपर्ने उहाँको भनाई छ । प्रमुखका स्वकिय सचिब प्रताप उप्रेतीका अनुसार उहाँले सधै आफ्नो उपचार सरकारी अस्पतालमा गर्दै आउनु भएको छ । दुई दिन अघि मकवानपुर गढिबाट झर्ने क्रममा ढाड सड्किए पछि उपचारका लागि उहाँ भरतपुर आउनु भएको हो ।
उपचार पछि खुशि हुँदै उहाँले सरकारी अस्पताल प्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नु पर्ने बताउनुभयो । उहाँले यहाँको सेवाको बारेमा आम जनतालाई बुझाउन आग्रह गर्नु भएको थियो ।
नेपालका सरकारी अस्पतालहरुको सेवा सुबिधा राम्रो हुँदै गएको भन्दै उहाँले भरतपुर अस्पतालको सेवा राम्रो रहेको आँफुले जानकारी पाएको बताउनुभयो । यसका बारेमा आम नागरिकलाई जानकारी हुने गरि प्रचार प्रसार गर्न उहाँले सुझाब दिनुभयो । काठमाडौंका नाम चलेका अस्पताल सरह सेवा सुबिधा भरतपुर अस्पतालमा रहेको आँफुले जानकारी पाएको बताउनुभयो ।
कोरोना भाईरस (कोभिड १९)को उपचारमा सरकारी अस्पतालहरुले पु¥याएको योगदानको उच्च सम्मान गर्दै थप प्रभावकारी सेवा दिन आग्रह गर्नुभयो । सो अबसरमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, अस्पताल बिकास समितिका सदस्य केशब देवकोटा, प्रा. डा. कृष्ण पौडेल र सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालका सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई पनि सो अबसरमा उपस्थित हुनुहुन्थ्यो । उहाँले आज यहाँको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको पनि निरिक्षण गर्नु भएको उप्रेतीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असार २०७७, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट
चितवनमा चिसोका बिरामी बढे, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज