आईजीपीबारे निर्णय लिन मन्त्रीपरिषद् बैठक बस्दैं

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, ०८ : ५९
आईजीपीबारे निर्णय लिन मन्त्रीपरिषद् बैठक बस्दैं

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) का बारेमा निर्णय सरकारले आज लिने भएको छ । त्यसैका लागि अपरान्ह ४ बजे बालुवाटारमा मन्त्रीपरिषद्को बैठक वोलाईएको छ । अहिलेका आईजिपि ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधीका कारण बुधबारबाट अनिवार्य अवकास पाउन लागेकाले नयाँ आईजिपिको नियुक्तिको निर्णय लिन लागेको हो । 

नयाँ आईजिपिका लागि एआईजी शैलेन्द्र थापा र हरिबहादुर पाल दौडमा छन् । ठाकुर ज्ञवालीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी तारणीप्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक डिआईजी सूर्यप्रसाद उपाध्यायले पनि अनिवार्य अवकाश पाउदैछन् ।

थापा अहिले वरियतामा पहिलो नम्बरमा छन भने पाल दोश्रोमा । दुवै मध्ये को महानिरीक्षक बन्ला भन्नेमा अहिले प्रहरी संगठनभित्र अनेक चर्चा चलिरहेका छन् । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादर थापाका बीचमा पार्टीभित्र देखिएको विवादमा दुई कित्ता देखिएका कारण पनि आईजिपि निर्णय निक्कै रोचक मोडमा पुगेको अनुमान गृहमन्त्रालय भित्र हुन थालेको छ । 

प्रधानमन्त्री ओलीले आफ्ना निकट नेताहरुको सिफारिसका आधारमा शैलेश थापा र आफैले हरेक ठाँउमा पालित पोषित गर्दै आएको यति समुहको सिफारिसमा पाल मध्ये कसलाई आईजिपि वनाउलान भनेर पनि अहिले यो चासोको विषय बनेको छ । 
 

प्रतिक्रिया दिनुहोस