किर्ते गरेको अभियोगमा घोराही उपमहानगरका दूई जना वडा सचिव पक्राउ

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, १८ : २३
किर्ते गरेको अभियोगमा घोराही उपमहानगरका दूई जना वडा सचिव पक्राउ

घोराहि । घोराही उपमहानगरपालिकाका दूई जना वडा सचिव पक्राउ परेका छन् । किर्ते गरेको अभियोगमा घोराहीका वडा नं. १ का वडा सचिव धनबहादुर केसी र वडा नं. १३ का वडा सचिव रनविन बुढालाई पक्राउ परेको जिल्ला प्रहरि कार्यालय दाङका प्रबक्ता सुमित खड्काले जानकारी दिए ।

ती दूई जना वडा सचिवले २०५९ सालको जन्म मिति भएकी एक किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ । सो प्रकरणमा लामोसमय शिक्षण पेशामा सलग्न रहदै आएका हुकुम जिसि पक्राउ परेका छन । 

एउटा जवरजस्ती करण मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउँदा किर्ते कार्यमा ती दूई वडा सचिवले तत्कालिन समयमा सघाएको आरोप पछि पक्राउ गरिएको हो ।हाल पूर्पक्षका लागि थुनामा रहेका जवरजस्ती करणी मुद्दाका अभियुक्तका आफन्तले केटीले उमेर किर्ते गरि घटाएको जानकारीका आधारमा दाङ देउखुरी जिल्ला अदालतमा उजुरी दिएका थिए ।

त्यसपछि अदालतले घोराही उपमहानगरपालिकाकालाई उक्त विषयमा सत्य तथ्य जानकारी दिन पत्राचार गर्न भनेको थियो । अदालतको पत्रका आधारमा घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ जन्मेको प्रमाणित गरेपछि सचिवद्धय विरुद्ध किर्ते अभियोगमा मुद्दा परेको थियो । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।