कोरोना परीक्षण गर्न ५५ सय मागियो

पत्रपत्रिकाबाट

सोमबार, २२ असार २०७७, ०७ : २९
कोरोना परीक्षण गर्न ५५ सय मागियो

फाईल फोटो

काठमाडौं । दाङको घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म गरेको पीसीआर परीक्षणको प्रतिस्वाब ५ हजार ५ सय रुपैयाँका दरले रकम असुल्न थालेको छ । 

प्रतिष्ठानले सबै स्थानीय तहलाई स्वाब परीक्षणको रकम शोधभर्ना गर्न भन्दै पत्र पठाएर मागेको हो । स्थानीय तहले रकम नदिएपछि प्रतिष्ठानले परीक्षण बन्द गरेको छ ।  प्रतिष्ठानमा आएका स्वाबका नमुना शनिबारदेखि नेपालगन्ज पठाउन थालिएको छ । 

प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाशप्रसाद देवले आर्थिक समस्या भएकाले स्थानीय तहसँग पीसीआर परीक्षण भइसकेकाको रकम शोधभर्ना गर्न अनुरोध गरेको बताए । कान्तिपुरमा विस्तृतमा खबर छ ।