के होला त यो बेथितिको निकास ?

आइतबार, २१ असार २०७७, १२ : ३४
के होला त यो बेथितिको निकास ?

सांकेतिक तस्बिर ।

– प्रमोद तिवारी

CG Hills

सारै बिरक्त लाग्यो, चिन्ताले निकै सतायो, अब के होला यो देशमा ? आजकल प्राय जतासुकै बजारमा यस्तै प्रसंगहरु सुनिन्छन । आखिर म पनि त यहि समाजको सदस्य हँु ! मेरा पनि त आकांक्षाहरु छन, म पनि त राजनैतिक सुझबुझ राख्ने सामाजिक प्राणी भएको नाताले यस बिषयमा केन्द्रीत रहेर छलफल गर्ने मनले पुर्व फलानो फलानो र बर्तमान फलानो साथिहरुबिच भलाकुसारी गर्नुपर्यो भनेर केही मन मिल्ने साथिहरुसंग चिया गफ गर्न मन लाग्यो अनि साथिहरु बसेर केही छलफल गर्यौं बर्तमान अराजनैतिक गतिबिधीप्रती केन्द्रीत रहेर ।

केही बेर छलफल भयो आ–आफ्ना कुरालाई केन्द्रमा राखेर । यी कुराहरु गर्दै गर्दा आफ्ना तर्कहरुप्रती दरो रुपमा प्रस्तुत गर्नसक्ने कसैको पनि आंट, बिश्वास र समर्पण देखिएन । स्वभाविक थियो यहाँ सडकमा लागेका सन्ध्या तिवारीका पार्टीका कार्यकर्ताका उग्र नाराप्रती सहमती हुने कुरै भएन हाम्रा बिचमा । सडकका नारा उरन्ठेउला छन, पार्टी एकता बिरोधी छन, एकलकांटे स्वभावका छन, कसैको उक्साहटमा बरालिरहेका छन भन्ने कुरामा हाम्रो एकमत रह्यो ।

हामी छलफल गर्दै गर्यौं के हो त यसको समाधान ? के यिनै बुढा र पुराना डेटस्पायर नेताबाट देश बन्छ त ?  अहिले भएका गुटबन्दी पार्टी हितमा त छैन नै, त्यसो भए के यो झगडा जनहितमा छ त ? कि यो लुटतन्त्रलाई बढावा दिने उद्देश्यबाट प्रेरित छ ? आदि आदि कुराको बारेमा मसिनो र खुलस्तसंग छलफल भयो । छलफलले गम्भिर बनायो हामी विभिन्न स्वभावका छलफलका सबै सदस्यलाई  । अनि हामी सोच्थेउं कि के हो त यसको निकास ? एउटा निश्कर्षमा हामिजस्ता बौद्धिक ब्यक्तित्व पुग्नुपर्नेनै थियो । 

छलफल छोट्याएर खाना खान आ–आफ्नो घरमा जानुपर्ने बाध्यताले पछ्याइरहंदा वर्षा भैरहेको कारण मौसमले  हामीलाई सन्देश दिंदै भन्दैथियो अझै छलफल गर र निचोडमा पुग । अन्तमा हाम्रो निश्कर्ष रह्यो अहिलेकै नेतृत्वबाट देश बन्दैन, चल्छ मात्रै । त्यसोभए देश कसरी बन्छ र कसले बनाउन सक्छ त ? यसको निकास के हो ? अहिले जन जनमा यस बिषयले चर्चा पाएको छ, पार्टी पद्दतिमा आधारित संसदिय व्यवस्थामा सरकार पार्टी बिहिन पाराले चलेको र देश एकल नेतृत्वबाट चलेको अनुभुति पनि गर्यौं ।

त्यसो भए के हो त निकास ?

हाम्रा बिचारहरु आदान प्रदान भयो निकास के हो त भनेर ? छलफल हुनेक्रममा हाम्रो सर्वसम्मत निश्कर्ष रह्यो यो छाडातन्त्रलाइ नियन्त्रण गर्न एउटा तानाशाहको उदय हुन जरुरी छ । यहाँका सारा बेथिती समाप्त पार्न एउटा कठोर नेतृत्व जुन नेतृत्वले स्वतन्त्र बैदेशिक नीति अपनाउंदै तमाम अराजकतामाथी डण्डा लगाएर ठेगान लगाउनुनै एकमात्र बिकल्प हो भन्ने महशुस गरायो ।

त्यसोभए यो कोबाट सम्भव छ त ? रबि लामिछाने ? वा अरु कोहि ? जहाँसम्म रविको कुरा छ उनी समस्याहरु उजागर गर्नमा माहिर छन तर यो बिग्रेर ध्वस्त र जिर्ण भएको हाम्रो समाजलाई सस्तो लोकप्रीयताले सम्हाल्न सक्ला त ? वा नेपाली काङ्ग्रेस, नेकपा वा अरु पार्टीमा भएका तेश्रो तहका लोकप्रीय मानिएका नेता जस्तै जनार्दन शर्मा(प्रभाकर), गोकर्ण बिष्ट, गगन थापाहरुले आ–आफ्नो पार्टीबाट बिद्रोह गरेर एउटा नयाँ सोचका साथ सामुहिक नेतृत्वमा संचालन हुने पार्टी गठन गरेर निकास दिन सक्छन त ? अहिलेसम्म यी नेताहरुले गरेका गतिबिधिले यो तत्कालको लागि सम्भव देखिंदैन । अर्को उपाय हुनसक्छ नयाँ एलायन्स अर्थात गठबन्धन बनाउने र बर्तमानमा सबै पार्टीमा रहेका एमसिसी बिरोधिहरुको गठजोडबाट बन्ने नेतृत्वबाट । यो गठबन्धन अहिलेको नेतृत्वभन्दा केहि राष्ट्रवादी, प्रगतिसिल र बैचारिक रुपले पनि नजिकको हुनसक्छ भन्ने धारणा हो । अर्को क्रान्तिकारी बाटो हुनसक्छ अहिलेको लुटतन्त्ररुपि संसदिय व्यवस्थाबाट वाक्क दिक्क रहेका ९०% नागरिकको बिद्रोहको आंधिबेहरीबाट जन्मिने नयाँ राज्यव्यवस्था जसले राष्ट्रवादीहरुलाइ एकजुट गराइ बर्तमान संबिधानको समयसापेक्ष परिवर्तन गरि बनाइने प्रत्यक्ष राष्ट्रपतिय व्यवस्थाबाट । 

निश्चयनै हो यी सारा कुरिती, बिसंगती, अव्यवस्था, लुटतन्त्र, भ्रस्टाचार, नातावाद, कृपावाद, असक्षमहरुको घेराबन्दीमा रहने, क्षेत्रीयतावाद, रंगभेद, साम्प्रदायिकता जस्ता बेथितीबाट निकास दिन एउटा शसक्त आन्दोलन जरुरी छ जस मार्फत एउटा यस्तो युवा नेतृत्व जन्म गराओस जसले सच्चा राष्ट्रभक्त, विकासप्रेमी र स्वाभिमानी नेपालीहरुलाइ समेट्ने गरि  एउटा राष्ट्रवादी पार्टी गठन मार्फत समाजवादी अर्थव्यवस्थामा आधारित प्रत्यक्ष राष्ट्रपतिय ब्यवस्थामा गएर मात्र निकास निस्कने निश्कर्ष सहित हामी छुट्टियौं ।

अन्तमा हाम्रो अनुरोध छ कि के तपाईं हाम्रा बिचारहरुमा सहमत हुनुहुन्छ भने आ–आफ्नो ठाउँबाट बिना स्वार्थ देशको विकास र सच्चा समृद्धिको लागि कांधमा कांध जोडेर उठ्न तयार हुनुहोस र यो अभियानमा योगदान दिनुहोस नकि घरमा, चोकमा, चिया पसलमा, भट्टिमा बसेर कसैले केही गरेनन, नेताहरु राष्ट्रघाती भय, एकल नेतृत्वबाट चल्ने भय, भ्रस्टाचारि भय, देश लुटे, बिदेशी दलाल भय, आफ्ना क्षेत्रकालाइ मात्र मौका दिय, आफ्ना नातगोता भित्रकालाई मात्र काखी च्यापे भनेर कुरा गरेरमात्र हामिले सोचेजस्तो सुधार हुनेवाला छैन । जसको निकासको लागि एउटा धक्का दिने र आ–आफनो ठाउँबाट योगदान दिन नसक्ने हो भने तपाईं बिरोधको लागि बिरोध मात्रै गर्नुहुन्छ वा बाहिर बाहिर बिरोध गरेजस्तै गरेर भित्रभित्रै तर मारीरहनु भएको छ भन्ने बुझ्न गाह्रो हुनेछैन तसर्थ उठ्नुहोस यो बेथितीको अन्त्यको लागि हामि मिल्यौंभने सुधार गर्न सकिन्छ र यो अब हामिलेनै हाम्रै पालामा गर्नुपर्ने छ । त्यसैले अब हामिले यी तमाम समस्याबाट पार पाउन एकजुट भई यसको विरुद्ध लड्ने अभियन्तालाइ साथ दिन जरुरी छ । एउटा तितो यथार्थ यो छ कि समस्याबाट भाग्ने र आफ्नो स्वार्थको लागि पार्टी फुटाउनेहरुको इतिहास पतनमा टुंगेको छ । तपाईं यी बिचारमा सहमत हुनै पर्दछ भन्ने छैन । राजनीतिमा बिभिन्न सम्भावनाहरु रहन्छन तसर्थ हाम्रा बिचारमा असहमत हुनुहुन्छ भनेपनि स्वतन्त्र रुपमा निकासको बिकल्प दिएर स्वाभिमानी नागरिकको परिचय दिनुस ।

(तिवारी राजनीतिशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।)