गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

शनिबार, २० असार २०७७, १२ : ५२
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरा र गोरखामा गरि ९ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४ पुरुसहित गोरखाको शहिद लखन र पालुङटारमा ५ संक्रमित थपिएका हुन् । शहिद लखनमा थपिएका संक्रमितमध्ये १ पुरुष र एक महिला । 

यस्तै, पालुङटारमा थपिएका संक्रमितमध्ये ३ पुरुष रहेका छन् । पालुङटारका ३ संक्रमितमध्ये १ जनाको बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।