प्रचण्ड–ओली मन माझामाझ, के आयो त निष्कर्ष ?

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, १५ : ४८
प्रचण्ड–ओली मन माझामाझ, के आयो त निष्कर्ष ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भेट वार्ता भएको छ । वार्तामा ठोस निष्कर्ष केही आउन नसकेको स्रोतले जनाएको छ । चार घण्टा प्रचण्ड–ओलीको मन माझामाझ भएको छ तर, पनि ठोस निष्कर्ष निस्कन नसकेको बालुवाटार स्रोतले जनाएको छ । 

वार्तामा दुई अध्यक्षले आफ्नो तिक्ततामात्र सुनाएका छन् ।  ठोस निष्कर्ष निकाल्न पुनः भोलि भेटवार्ता हुने स्रोतको भनाइ छ ।  ‘आजको बैठकले सम्बन्धलाई हार्दिकतामा बदल्ने कोसिस गरेको छ,” प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, ‘भोलि फेरि दुई अध्यक्ष वार्तामा बस्ने गरी आजको भेटघाट कार्यक्रम सकियो । स्थायी कमिटी बैठकअघि दुबै अध्यक्षको पुन वार्ता हुनेछ ।’ 
छलफलमा दुई अध्यक्षका अतिरिक्त महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए । उनीहरू दुवैजना जेठ २ गते पार्टी एकताको अघिल्लो दिनको गोप्य सहमतिका साक्षी पनि हुन् । उनीहरूले जेठ दुई गतेकै सहमतिमा फर्काउने र एकतालाई दुर्घटनामा जान नदिन प्रयत्न गरेका छन् । 

यसैबीच नेकपाका दोस्रो तहका नेताहरूले पनि सक्रियता बढाएका छन् । घनश्याम भुसालले बिहान १० जना नेतालाई बोलाएर छलफल पनि गरेका थिए । जनार्दन शर्माले जेठ २ गतेकै सहमतिमा फर्कनुको विकल्प नभएको तर्क गरेका छन्। 

प्रतिक्रिया दिनुहोस