जन गायकलाई हृदयघात

युवालाई देश जिम्मा लगाउँदै सदाका लागी बिदा भए खुसीराम ! (हेर्नुहोस् आन्तिम भिडीयो )

मंगलबार, ०५ मंसिर २०७४, २१ : ०६


चितवन । भरपुरको हाकिमचोक स्थित केन्द्रिय बस टर्मिनलमा हजारौं जनसागर जम्मा भैसकेको थियो । प्रचण्ड पुत्र प्रकाश दाहाल प्रती समर्पित शोकसभा र चुनावी सभामा सहभागी जनसागर एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड आगमनको प्रतिक्षामा थियो ।

त्यस्तोमा उद्घोषकले भने, ‘हाम्रो बिचमा आउँदै हुनुहुन्छ, जनवादी गायक खुसीराम पाख्रिन ।’
माओवादीका पुर्व सांसद समेत रहेका पाख्रिन मञ्चमा गए, अनि आफ्नो गोजिबाट पेनड्राईभ निकालेर प्राविधीकलाई दिए । पेनड्राईभमा ट्रयाक थियो, उनले ट्रयाक प्ले गर्न ईशारा गर्नासाथ ट्रयाक बज्यो, उनी गाउन थाले...

युवाहरु हो, देश तिम्रै हो भविष्य तिम्रै हो  
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो
हजारौको बलिदानले कालो युग ढलेको छ
सृजना र संवृद्धिको बाटो कोर्न थालेको छ  
युवा तिम्रो काँधमा आयो देश बदल्ने अभिभारा
 छाती खोली अघि बढ्ने अब तिमीले हिम्मत गर् !

पाख्रिनले युवलाई देश जिम्मा लगाउने गित गाएर सकेका मात्र के थिए, उनलाई अब्ठेरो फिलीङ भयो । टाउको दुख्यो भन्दै मञ्चबाट ओर्लेका पाख्रिनलाई बाम गठबन्धका नेता–कार्यकर्ताले भरतपुर स्थित नारायणी सामुदायीक अस्पताल दौडाईहाले । तर बिडम्बना, अस्पतालमा डाक्टरले भने, ‘ढिलो भैसक्यो, बचाउन सकिँदैन् !’

यसरी हृदयघातका कारण एक प्रगतिशील गायको असामयीक निधन भएको छ । बुधबार उनको पार्थिव शरिरलाई बिहान ८ बजे पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागी राखिने माओवादी केन्द्र चितवनले जनाएको छ !

 

 

प्रतिक्रिया दिनुहोस