थप रणनीति तय गर्न ललितपुरमा प्रचण्ड-नेपाल समूहको भेला

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, १९ : ३५
थप रणनीति तय गर्न ललितपुरमा प्रचण्ड-नेपाल समूहको भेला

फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप रणनीति निर्माणमा जुटेको छ ।

बुधबार विहान आफूनिकट मन्त्रीसँग प्रधानमन्त्री आलीले छलफल गरेपछि आफ्नो आगामी रणनीति बनाउन प्रचण्ड नेपालसमूहबीच यतिबेला ललितपुरस्थित झम्सीखेलको एक होटेलमा आन्तरिक बैठक जारी छ ।

ललितपुरको एक होटलमा करिब एक घण्टादेखि जारी भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत समूहका स्थायी कमिटी सदस्यहरु भेलामा सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस