गण्डकी प्रदेशमा १२ नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या एक हजार नाघ्यो

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, १६ : ०३
गण्डकी प्रदेशमा १२ नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या एक हजार नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा १२ नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा संक्रमितको कुल संख्या १ हजार ६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा ३ पुरुष, लमजुङमा ७ र लमजङमा कार्यरत बाहिरी जिल्लाका ३ जना संक्रमित थपिएका हुन् । यस्तै नवलपुरमा पनि एक नयाँ संक्रमित थपिएका छन् ।