दाङ । दाङमा एक वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए ।
घटनास्थलमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
मुकुण्डो लगाएर चारजनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका उनीहरुले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ । कुटपिट गर्नुको कारण खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०७७, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल
पोलमा बाधेर महिलालाई मरणसान्न हुनेगरी कुटपिट