५९ चिनियाँ एप्समाथि भारतमा प्रतिबन्ध

एजेन्सी

मंगलबार, १६ असार २०७७, ०८ : १२
५९ चिनियाँ एप्समाथि भारतमा प्रतिबन्ध

एजेन्सी । भारत सरकारले चिनियाँ ५९ मोबाइल एप्लिकेशन (एप्स) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  भारत र चीनबीच लद्दाखको विषयमा तनाव बढ्दै गइरहेको बेला भारतले यस्तो निर्णय लिएको हो । 

भारतले सोमबार प्रतिबन्ध लगाएको एप्समा टिकटक, युसी ब्राउजर, शेयर इट समेत रहेका छन् । भारत सरकारका दावी अनुसार यो एप्सबाट डाटा सुरक्षित छैन । यस्तै यो देशको सुरक्षा र एकतामा पनि खतरापूर्ण रहेकाले बन्द गर्नुपरेको भारतको दावी छ । 

सूचना प्रविधिसम्बन्धी एनको सेक्सन ६९ ए अनुसार चिनिया एप बन्द गरिएको दैनिक भास्करले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस