नयाँदिल्ली । भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४५९ जना संक्रमित भएका छन् । भारतमा गएको २४ घण्टामा ३८० व्यक्तिको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १६ हजार ५०७ पुगेको छ ।
देशभरी अहिले २ लाख १० हजार १२० जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख २१ हजार ७२३ पुगेको छ । कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म १ लाख ६४ हजार ६२६ जना संक्रमित भएका छन् । त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ८३ हजार ७७ जना संक्रमित भएका मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ असार २०७७, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै