गाडी दुर्घटनामा परि युवा पत्रकार पाण्डेको निधन

सफल खबर संवाददाता

आइतबार, १४ असार २०७७, ०८ : ५८
गाडी दुर्घटनामा परि युवा पत्रकार पाण्डेको निधन

बुटवल । गाडी दुर्घटनामा परी बुटवलका पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ। गए राति बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ मा भएको सडक दुर्घटनामा परि पाण्डेको मृत्यु भएको हो । पाण्डे न्यूज २४ का बुटवल संवाददाता रहेका थिए । 

राति बुटवलबाट आफ्नो निवास  तर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाइते भएका थिए । घाईते पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएपनि राति १ बजे तिर मृत्यु भएको अस्पतालले जनाएको छ ।  पोष्टमार्टमका लागि पाण्डेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।