गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८५४ पुग्यो

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, १८ : १४
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८५४ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको थप १६ नयाँ केस भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ५ बजेर २५ मिनेट जाँदा प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला, ३ पुरुषसहित ६ नयाँ संक्रमित थपिएका छन् । यसैगरि, स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ८५४ पुगेको छ ।