कोरोना परिक्षणको दायरा बढाउदैं सरकार, थप १० स्थानबाट परिक्षण

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, ११ : ५९
कोरोना परिक्षणको दायरा बढाउदैं सरकार, थप १० स्थानबाट परिक्षण

काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशका २३ वटा प्रयोगशालाबाट कोरोनाभाइरसको पीसीआर परीक्षण हुँदै आएकोमा थप १० स्थान बढाइएको हो । 
योसँगै अब देशभरका ३३ स्थानबाट पीसीआर परीक्षण हुने भएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघिसकेपछि सरकारले पीसीआर परीक्षणपनि बढाउँदै लैजाने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार शुक्रबार जारी सूचनामा झापाको मेची अस्पताल, डडेल्धुराको जिल्ला अस्पताल, दैलेखको जिल्ला अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र काठमाडौं, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पाको तानसेन अस्पताल, बागलुगको धौलागिरी अस्पताल, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेनाकोकाठमाडौ अस्पतालमा प्रयोगशाला स्थापना  गरेर कोरोना परीक्षण गरिने उल्लेख छ ।मन्त्रालयले सम्भावित संक्रमितको अवस्था हेरेर प्रयोगशाला स्थापना गर्न लागेको पनि जनाएको छ ।

यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोरोनाको पीसीआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस