नारायणपुर । कोरोना भाइरस सङ्क्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जित्नुभएको छ ।
लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका –१ का वृद्ध कोरोना जितेर घर फर्कनुभएको हो ।
गत जेठ २० गते भारतबाट आई बंगलाचुली १ स्यूजाको क्वारेन्टिनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उहाँसहित दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । नतिजा पोजेटिभ आएपछि उहाँ कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना हुनुभएको थियो । “कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ”, उहाँले भन्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ असार २०७७, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै