ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५४ हजार ७७१ पुगेको छ भने यो अवधिमा करिब एक हजार छ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या ४८ हजार ९५४ पुगेको छ । ब्राजिलमा उपचारपछि निको हुने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख सात हजार करिब ५० प्रतिशत पुगेको मन्त्रालयले जानकारी गराएको छ । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ असार २०७७, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै