काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी फागुनसम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताउनुभएको छ ।
राष्ट्रियसभाको विहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले फागुन सम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताउनु भएको हो ।
उहाँले श्रावण महिनाको अन्त्य तिर कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्ने र त्यसपछि आरोलो लाग्ने बताउनुभयो । उहाँले दशै तिहार र छठ जस्ता चाडले संक्रमण बढाउने खतरा रहेकाले मंसिर महिनापछि फेरी संक्रमणको दर बढ्ने भएकाले पूर्ण नियन्त्रणमा आउन फागुनसम्म लाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “श्रावणको अन्त्य सम्ममा यसको पिक हुन सक्ने अनुमान गर्न सक्छौं । अथवा भदौको सुरु तिर । यो त्यसपछि आरालो लाग्छ । र हामी यसलाई क्रमश नियन्त्रण गर्न सक्छौं । अर्को कुरा हाम्रा आनीबानी, हाम्रा संस्कार पनि बुझ्नुपर्यो । दशै तिहार र छठ जस्ता चाडले फेरी संक्रमण बढाउछन् भन्ने पनि अवस्था छ । त्यसकारण यो खतराबाट हामी कति जोगिन सक्छौ ? भोली यो खतराले फेरी हाम्रो ग्राफ बढाईदियो भने मंसिरमा फेरी अलिकति मास्तिर जान सक्छ । र मंसिरको अन्त्य तिरबाट हामीले फेरी त्यस ग्राफलाई तल लान सक्छौ । र पुस माघ सम्ममा हामी यसलाई नियन्त्रण गर्न सक्छौ । फागुनको महिना संभवत नियन्त्रणको महिना हुन्छ । ”
कोरोनाको आतंंकले मान्छेलाई डिप्रेशनमा लैजान सक्ने भएकाले आतंकित नभई सर्तक हुन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले लकडाउनको समयमा आत्महत्याका घटना बढ्नुमा कोरोनाको योगदान रहेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०७७, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै