मकवानपुरमा लकडाउनको अवधिमा रोकियो १५ बालविवाह

रासस

विहीबार, ०४ असार २०७७, १४ : ३१
मकवानपुरमा लकडाउनको अवधिमा रोकियो १५ बालविवाह

हेटौँडा । बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ । सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको  छ । 

स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनका सम्झना अधिकारीले बताउनुुभयो ।  

उहाँले विगत छ महिनामा जिल्लाका विभिन्न स्थानका ५०  बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताउनुभयो । चेतना, अशिक्षा, गरिबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ । स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस