कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ । नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युत्को पोल९खम्बा० बाट खसेर मृत्यु भएको हो । मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ ।
विद्युत्का तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ । यो क्षेत्रमा पहिलोपटक विद्युत् लाइन विस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेकोे बताउनुभयो ।
“खम्बाबाट खसेर मृत्यु भएको हो । शव अस्पतालमा राखिएको छ । घर परिवारलाई जानकारी दिइएको छ”, उहाँले भन्नुभयो, “के कसरी भएको हो, त्यसको अनुसन्धान गर्दैछौँ ।” लुहारका श्रीमती र एक छोरी छन् । लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको छ । खल्ला जिल्लाकै दुर्गम ठाउँ भएकाले बुधबारमात्रै घटनाबारे जानकारी हुन सकेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ असार २०७७, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु
सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु
चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सिराहामा आफ्नै भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु
चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु