काठमाडौं । पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा ५ हजार ८३९ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १ लाख ५४ हजार ७६० पुगेको छ ।
पाकिस्तानमा कोरोनाभाइरससँग सम्बन्धित मृतकको संख्या २ हजार ९७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ५८ हजार ४३७ जना निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको जनाएको छ । पाकिस्तानको पन्जाब प्रान्तमा सर्वाधिक व्यक्ति अर्थात् ५८ हजार ३२९ जना संक्रमित भएका छन् भने सिन्ध प्रान्तमा ५७ हजार ८६८ जनामा संक्रमण देखिएको छ ।
राष्ट्रिय स्वास्थ्य सेवा विभागका डा जाफर मिर्जाले पाकिस्तानमा कोविड–१९ को उपचारमा बेलायतमा सफल देखिएको डेक्सामिथासोन औषधि प्रयोग गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले पाकिस्तानी विज्ञ समितिले यसबारेमा चाँडै निर्णय गर्न लागेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ असार २०७७, २१ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै