Safal Khabar - महाब्याधिमा मर्यादित महिनाबारी
शुक्रबार, २६ असार २०७७ (Friday, 10 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
महाब्याधिमा मर्यादित महिनाबारी
बुधबार, ०३ असार २०७७, १३ : १७
महाब्याधिमा मर्यादित महिनाबारी
साङ्केतिक फोटो

- राधा पौडेल

कोभिड १९ को महाब्याधिको बन्दाबन्दीले मलाई गएको चैत्र ११ गते देखि एक्कै कोठामा बन्द गरेकोगरेकै छ तर बन्द गरेन, गर्न सकेन मेरो महिनाबारीलाई ।

बिश्व स्वास्थ्य संगठनले तीन महिनाअघि कोभिड १९ लाई महाब्याधि भनेर घोषणा गरेको थियो । मेरो जीबनमा महिनाबारी शुरु भएको करिब ३२ बर्ष भएको छ । महाब्याधि शुरु भएको ४३० बी सी, एथेन्सबाट देखिन्छ । महिनाबारी शुरु भएको त करिब ४ करोड वर्ष पहिले जब आजको मानबको शुरुवात भयो अर्थात् होमसपियेन्सको उत्पति भएको थियो । महिनाबारीका कारण यो दुनिया चलिरहेको कुरामा असहमत सायदै कोहि होला । तर यो दुनियाले महिनाबारी किन बिर्सिरहन्छ ? नारा, जुलुश, बिरोध गरेपछि मात्र यो दुनियाका विद्वानहरु महिनाबारी र यसका सबाल सहानुभुतीका साथ अल्पकालीन रुपमा मात्र सम्बोधन किन गर्छन ? के यो महिनाबारी महाब्याधि जस्तो छैन वा हैन अर्थात् के नसर्ने रोग झैँ कुनै लिंग, वा ठाउँ बिशेषमा केन्द्रित छ र ? कोभिड १९ अहिलेसम्मको तथ्यांकमा पुरुषहरुमा धेरै देखिएको छ । यदि महिलाहरुमा मात्र देखिने भए के यो दुनिया यतिका मरिहत्ते गर्थ्यो होला ? म दाबीका साथ भन्दैछु - पक्कै गर्थेन । 

Yeti Diistillery

स्यानिटरी प्याडको बिज्ञापन गर्दा रगत निलो भएको प्रमाणित गरे झैँ भन्थे होलान् - नाथे महिलाहरु रुघाखोकी पनि पचाउन सक्दैनन्, यस्तै यस्तै ।  जतिखेर अरिस्टोटलले महिनाबारीलाई अचम्मको प्रकिर्या भनेर ब्याख्या गर्दै थिए झन्डै त्यति नै बेलातिर पहिलो महाब्याधि देखापरेको थियो । त्यतिबेलादेखि आजसम्म एथेन्स ४३० बी सी, अन्तोनिन प्लेग १६५ ई स, साइप्रेएन प्लेग  २५० ई स, जस्टिएन प्लेग ५४१ ई स, कुष्ठरोग ११ औ शताब्धि, ब्ल्याक डेथ १३५० ई स, कोलोम्बीएन एक्सचेन्ज १४९२ ई स, लन्डन प्लेग १६६५ ई स,  हैजा १८१७ ई स, तेस्रो प्लेग १८५५ ई स, फिजी दादुरा १८७५ ई स,रसियन फ्लु १८८९ ई स, स्पानिश फ्लु १९१८ ई स, एच आई भी/एड्स १९८१ ई स, सार्स २००३, कोभिड १९ ० १५ पटक महाब्याधि फैलिएछ मात्र हैन प्रबिधि र ब्यबस्थापनमा पनि ठुलो छलांग मारेको छ । ठ्याक्कै त्यतिबेलादेखि आजसम्म आधाधर्ती ओगट्ने महिलाहरु, हरेक दिन एकतिहाई महिनाबारी हुदा जम्माजम्मी कतिपटक महिनाबारी भए होलान ? यो संग सम्बन्ध राख्ने शक्ति निर्माण र यसले निम्त्याएको महिला माथिको हिंसा, अन्याय, विभेद, महिनाबारीसंग प्रत्यक्ष सरोकार राख्ने यौनिक र प्रजनन अस्वस्थताका कारण कति महिला बिरामी परे होलान, उनीहरुले अस्पताल देखे कि देखेनन्, कति यमराजको पुगेहोलान ? यस्तै थाक लागेका प्रश्नहरुको उत्तर खोजिरहेको छ यो लेख । 

स्वरूप र मात्रा फरक भएपनि अरिस्तोटलको पालादेखि आजसम्म महिनाबारी सम्बन्धमा  भए, गरेका मौनता, अज्ञानता, बार्नुपर्ने कुराहरु आजसम्म पनि उस्तै उस्तै छन् । एक्काईसौं शताब्धिको बिज्ञान र प्रबिधिले  महिनाबारिलाई हेर्दैन हेरिहाल्यो भने पनि उपभोग वा ब्यबसायिक दृस्टीकोणले हेर्छ ।

विश्व स्वास्थ्य संगठन आफै महिनाबारी भएका बेला मर्यादापुर्बक जिउनपाउने अधिकारको लागि मौन मात्रै हैन दोधारे प्रवृति देखाउछ । सन् २०१९ मा गरेको अनुसन्धानमा ७० प्रतिशत महिला स्वास्थ्यकर्मी अघिल्लो तहमा रही काम गर्छन, रुपान्तरण नीति आबस्यक छ भनेको छ । चाहे महिला डाक्टर हुन् वा सघन कक्षको बिरामी वा अस्पतालको भान्सामा काम गर्ने महिला, वा एक कोठाको डेरामा वा क्वारेन्टाइन बस्ने महिला वा सोलुदेखी कैलाली वा काठमाडौँ देखि सुनसरी पैदल हिड्ने महिला उनीसंग महिनाबारी (मेनोपज पनि समाबेश) सम्बन्धित हुन्छ तर महिनाबारिको हकमा मौन देखिन्छ । महिनाबारी माथिको निषेधले के महिला स्वास्थ्य कर्मीको मनोबैज्ञानिक स्वास्थ्य र अनुकुलन कार्यस्थल सम्भब छ । विश्व स्वास्थ्य संगठनले नै महाब्याधी घोषणा पश्चात  मनोसामाजिक स्वास्थ्यको लागि प्रकाशित गरेको निर्देशिकामा पनि महिनाबारीका कारण उत्पन्न समस्याहरुलाई सम्बोधन गरिएको छैन ।

त्यसैगरी संसार नै पिपीईको बारेमा दौडधूप गरिरहदा यसको सेटमा महिनाबारी सामग्री समाबेश गरिएको छैन । अघिल्तीर देखिने महिला डाक्टर बाहेक अरुहरुको पहिचान कतै पनि भएको छैन । महिलाले नै नेतृत्व गरेका देश र क्षेत्र बाहेक महिलाहरु न कतै देखिन्छन न उनीहरुको खास परिचय र आबस्यकता । नर्सिंग पेशामा पुरुषहरु हुदैनथे भने ताली नै बजाउद पनि डाक्टर मात्र भनिन्थ्यो होला । प्रयोगशालामा २४ घण्टा खटिने महिलाहरुलाई  बैज्ञानिक स्वीकार्न तयार छैन । छोटकरीमा महिला बिनाको दुनिया हिजो पनि थियो आजपनि । घरेलु उदाहरणले पनि त्यही कुरो पक्का गर्छ भन्दा अतिशयोक्ति नहोला ।  

अल्पविकसित वा गरिब देशहरु, अशिक्षितहरुमा मात्र महिनाबारी समस्या छ भनेर वकालत गरिरहेको दुनियामा चीन जस्तो उर्लदो अर्थब्यबस्था भएको देशको दुखान्त महिनाबारी कथाले दुनियालाई चुनौती दिएको छ । महिनाबारी निषेध गरिएका कारण, अस्पतालमा काम गरिरहेका डाक्टर र नर्सले महिनाबारी रोक्न गर्भ रोक्ने औषधी प्रयोग गर्नुपर्ने बाध्यता , पिसाब र रगतको लागि एउतै डाइपर लगाउन बाध्य हुनुका साथै रगत देखाउदैरचुहाउदै काम गर्नुपर्ने बाध्यता भएको समाचार शुरुदेखि वुहान, चीनबाट नै आउदा पनि कुनै सरोकारवालाहरुको ध्यान पुगेन अर्थात् मौनता साधियो । सयुक्त रास्ट्र संघका महासचिबले महाब्याधिको शुरुदेखि कोरोनासंगको लडाई मानवताको लागि भएकोले सबैभन्दा बढी जोखिममा परेको समुहलाई केन्द्रित गरेर काम गर्न अपिल गरिरहदा उनले महिनावारीलाई हिजो पनि बिर्सिए र आज पनि । 

यसले के प्रमाणित गर्छ भने संसारका नीति निर्माताहरु महिनाबारीका बारेमा गम्भीर छैनन् ्र सजिलै नदेखिने र शुरुमा  महिलामात्रै प्रभावित हुने भएकोले वा उनीहरुमा ज्ञान नै नभएको वा हेलचक्र्याइ गरिरहेका छन् भन्ने स्पष्ट छ ्र सयुक्त रास्ट्र संघ र यसका अंगहरुले  जुन सबालहरु जस्तो शान्ति, मानब अधिकार, महिला माथि हुने हिंसा आदिमा, काम गरिरहेका छन् तर त्यसको अन्तर्निहित कारण खोजी गर्न आजसम्म तयार छैनन् ्र विश्व स्वास्थ्य संगठनले करिब सात दशक अघि स्थापित गरेको स्वास्थ्यको परिभाषा वा एक दशक अघि महिनाबारी स्वास्थ्यको परिभाषा वा अहिले प्रकाशित निर्देशिका कुनै पनि मर्यादित महिनाबारीसंग तारतम्य नमिल्नुको कारण यहि हो भनेर ठोकेर भन्न काम्न पर्दैन ्र करिब २५ बर्ष अघि मान्यता पाएको यौनिक र प्रजनन स्वास्थ्य अधिकार सम्बन्धमा विश्व स्वास्थ्य संगठनले गत वर्ष मात्र बृहत प्याकेज प्रकाशन गरेको छ जहाँ महिनाबारी बिना कुनै पनि सबालमा बहस प्राय शुन्य  नै छ तर महिनाबारी कतै उल्लेख गरिएको छैन ९यौन शिक्षा, परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात स्वास्थ्य,एच आई भी, यौनिक र लैंगिक हिंसा, क्यान्सर, बाझोपना, यौनिक स्वास्थ्य०्र झट्टहेर्दा महिनाबारी सबैतिर छ फेरी कतै पनि छैन अर्थात् सिदान्तमा कुनै पनि पक्ष महिनाबारीबिना बहस गर्न सम्भब छैन तर महिनाबारीको बहस स्पष्ट कतै माग गरिएको छैन ्र महिनाबारीलाई सतही वा टेकेन फर ग्रान्तेड वा महिलाको कुरा उनीहरुले जान्नुपर्छ वा जानिहाल्छन भन्ने मान्यता अङ्गीकार गरेको देखिन्छ ्र  

यीनै असमानतालाई सम्बोधन गर्न महिला अधिकार र नारिबादसंग केन्द्रित भएर दस्ताबेजहरु आउन थालेको पनि जस्तो ४० वर्ष ९सिडअ० , २५ वर्ष ९बेजिंग सम्मेलन०, २० वर्ष ९सुरक्षा प्रस्ताब १३२५० भैसकेको छ ्र तर महिनाबारीमाथि भएको गहिरो मौनताले यौनिक, लैंगिक असमानता र हिंसाको चक्र निर्माण र बढावा भैरहेको कुरामा शंका गर्नुपर्ने छैन वा अपेक्षित नतिजा हासिल गर्न सकिएको छैन ्र आजसम्म  यौनिक, लैंगिक असमानता र हिंसालाई अपराधको रुपमा नहेरी लाज र प्रतिष्ठाकासाथ हेर्नुको कारण पनि त्यही हो ्र मर्यादित महिनाबारी सबै हिंसा न्यूनीकरण गर्न पहिलो बैज्ञानिक अस्त्र हो ्र महिनाबारीलाई गौरब र शक्तिको स्वरूप मान्नेहरुमा नेतृत्व र र बार्गेनिंग क्षमता बढी हुने कुरा अनुसन्धानले प्रमाणित भैसकेको छ ्र  हिजो हिंसामा पर्नु र अहिले महाब्यधिमा महिला हिंसा फ्रान्समा ३० प्रतिशत, अर्जेन्टिनामा २५ प्रतिशत, सिंगापुरमा ३५ प्रतिशत बढ्नु यसको ज्वलन्त उदाहरण हो ।

कोरोना भाइरसले महाब्याधिको उपाधि हासिल गरेपछि मानब अधिकार र नारीवादी सस्थाहरुले धमाधम बिज्ञप्ति निकाले, लाइभ कार्यक्रम गरे  जहाँ बिगतका जस्तै  साझा कुरा लैंगिक मैत्री आखाले हेरिनु पर्यो, नीति ल्याउनु पर्यो,महिला हिंसा रोकथाम र ब्यबस्थापन र  यौनिकर स्वास्थ्य अधिकारमा ध्यान दिनु पर्यो थिए  ्र यो त एक चलन वा औपचारिकता थियो र रहनेछ जसरी हिजो थियो ्र  मलाई लाग्दैन कि उनीहरुले इंकित गरिराखेको खण्डीकृत तथ्यांकले जन्मदेखि मृत्यु प्रयन्त महिनाबारीले पार्ने, महिला हिंसा निम्ताउने वा महिनाबारी भएका बेला मर्यादापुर्बक जिउन पाउने अधिकारको वकालत गर्दै आबस्यकताहरु उजागर  गर्दछ ्र  महाब्याधिले प्रधानमन्त्री देखि बाटोमा भाग्दै भाग्दै हिडेकी महिला भएपनि महिनाबारी त रोक्दैन नि ्र  महिनाबारी निषेध भएकोले  महाब्याधिमा महिलाहरु दोहोरो, तेहोरो  हिंसामा परेका छन् तर त्यो सतहमा आउन सकेको छैन । 

बिसेशगरी सन् २०१४ बाट महिनाबारी सरसफाईमा समर्पित सस्थाहरुले महाब्याधिका समयमा काम गर्न जमर्को नगरेका होइनन ्र संसारभरकै बिस्लेषण गर्ने हो भने उनीहरु मध्य केहिले  मास्क, स्यनिताइजर्, प्याड बनाएर सहयोग गरे भने केहीले सरसफाई सम्बन्धी जनचेतना जगाउने र केहिले प्याड उत्पादनको चक्रमा परेको प्रभाबमा अनुसन्धान गरिरहेका छन् ्र महिनाबारी सरसफाई महत्वपूर्ण त छन् तर महिनाबारीसंग सम्बन्धित मिथ्या, निषेध, बार्नुपर्ने अबरोधहरु चकनाचुर नापरिकनै  महिनाबारिले उत्पन्न गरिरहेका सामाजिक, आर्थिक, राजनीतिक वा स्वास्थ्य, शिक्षा, शशक्तिकरण, दिगो बिकाश लक्ष्य आदि केहीलाई पनि सम्बोधन गर्न सक्दैन । 
कोभिड १९ महाब्यधि अबका केहि महिनामा अरु महाब्याधी झैँ इतिहासमा लेखीनेछ ्र थुप्रै हिरोहरुलाई सम्मान गरिनेछ , थुप्रै कथाहरु लेखीनेछ तर लेखिनेछैन इतिहास महिनाबारीको ्र नया नारीवादीहरु, अधिकारकर्मी र विज्ञहरु जन्मने छन् तर छैनन् महाब्याधिमा मर्यादित महिनाबारी झनै आबस्यक छ भन्नेहरु किनभने आयतित कुराहरु रमाइला र राम्रा लाग्ने प्रथा जे बसेको छ ।

यो ४ करोड वर्ष सम्म बिर्सिएको यो महिनाबारीलाई यो महाब्याधिले पनि बिर्सिनेछ ्र महिनाबारीलाई मर्यादापुर्बक हेरिनुपर्ने भनेर बोल्नेहरुको मुख थुनिनेछ वा कतै फोहोर फाल्ने टोकरीमा बन्दक ्र
आधा धर्ती ओगटेका महिलाहरु महाब्याधि अघि र महाब्याधिमा जस्तै गरीब, शरणार्थी, ग्रामिण, आप्रवासी महिला, अनौपचारिक क्षेत्रका महिला, अपांग महिला, यौन अल्प्शंख्यक महिला आदि भएर संघर्ष गरिरहनेछन ्र   जन्मने छन्, यौबनाबस्था, महिनाबारी, मेनोपज हुदै मर्नेछन भाग्य र नियतिको बहानामा ्र तसर्थ यो सेरोफेरोमा महिनाबारीलाई अनुग्रहण गर्न वर्तमान लैंगिक नीति अपुरोरअधुरो छ ्र मर्यादित महिनाबारी नीतिको आबस्यकता र कार्यान्बयन अपरिहार्य छ जसले शान्ति, मानब अधिकार र शशक्तिकरणलाई बिनाशर्त अनिबार्य गर्छ र गराउछ ्र यो महाब्याधिले सिकाएको पाठ र देखाएको अबको बाटो पनि यहि हो  ।
(लेखक मर्यादित महिनावारी अभियन्ता र मदन पुरस्कार विजेता साहित्यकार हुन् ।)

प्रतिक्रिया दिनुहोस