काठमाडौं । प्युठान नगरपालिका – ६ की एक ६ वर्षीयामा डेङ्गु सङ्क्रमण देखिएको छ । बिरामी भएर अस्पताल आएकी बालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि आज बुटवल सिफारिश गरिएको अस्पतालले जनाएको छ । गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजन केसीले जानकारी दिनुभयो ।
मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा अमृत पन्थीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ असार २०७७, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेङ्गु संक्रमण बढेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु
गण्डकी प्रदेशमा आठ सय बढीमा डेङ्गु सङ्क्रमण
चितवनमा १५ दिनमा २० जनामा डेङ्गुको सङ्क्रमण
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च